logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • शिक्षा राज्यमन्त्री प्रमीला कुमारीका छोराले मापसे गरेर सरकारी गाडी दुर्घटना गराएको आरोप

    शिक्षा राज्यमन्त्री प्रमीला कुमारीका छोराले मापसे गरेर सरकारी गाडी दुर्घटना गराएको आरोप

    5.5K
    Shares
    शिक्षा राज्यमन्त्री प्रमीला कुमारीका छोराले मापसे गरेर सरकारी गाडी दुर्घटना गराएको आरोप

    काठमाडौँ । शिक्षा राज्यमन्त्री प्रमीला कुमारीका छोराले मापसे गरेर सरकारी गाडी दुर्घटना गराएको आरोप लागेको छ । तीन दिनअघि दक्षिणकाली नगरपालिका–२ मा सवारी दुर्घटना गराएका हुन् । मन्त्री पुत्र राहुल रायले चलाएको बि.एबी. ७३८५ नम्बरको स्कोर्पियोले कार र मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    सरकारी स्कोर्पियो लिएर दक्षिणकालीबाट बिहान ४ बजे बल्खुतर्फ आउँदै गरेका रायले मन्त्रालयबाट जारी ‘हल्का सवारी चालक’को परिचयपत्र देखाएको स्रोतले बतायो । उनले चलाएको स्कोर्पियोको ठक्करबाट चार जना सामान्य घाइते भएको बताइएको छ ।

    मन्त्री पुत्र रायले मादक पदार्थ सेवन गरेका थिए । तर, उनलाई मापसे गरेको कसुरमा कुनै कारबाही भएन । दुर्घटनापछि विवाद हुँदा रायले ‘एपल साइडर’ पिएको स्वीकारेका थिए ।

    प्रहरी प्रभाग फर्पिङले एक रातका लागि उनको गाडी होल्ड गरेको थियो । भोलिपल्ट दुवै पक्षले आ–आफ्नो सवारी साधन आफैँले बनाउने सहमति गरेको बिताइएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend