काठमाडौँ । नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गरेका छन् ।
बुधबार एमाले पार्टी कार्यालय च्यासलमा जारी निर्वाचन प्रक्रिया अन्तर्गत ढुंगेल र दाहालले उम्मेदवारी दर्ता गरेका हुन् । ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ रहेका छन् भने समर्थकमा वचन देउजा रहेका छन् ।
यसैगरी दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन् । उम्मेदवारी मनोनयनको क्रम साँझ ६ बजे सम्मलाई तोकिएको छ । मतदान बिहीबार हुँदैछ ।
यसअघि अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएका कृष्णभक्त पोखरेल, सानु श्रेष्ठ र केशवराज पाण्डेले भने यो समाचार तयार पार्दासम्म मनोनयन दर्ता गरिसकेका छैनन् ।