काठमाडौँ । गरिमा विकास बैंकले आफ्ना विदेशमा रहेका ग्राहकको पहुँच हुने गरी मोबाइल बैकिङ सेवालाई स्तरोन्नति गरेको छ ।
विदेशमा रहेका नेपालीले नेपालको आफ्नो बैंक खातामा कारोबार विवरण हेर्न एवं ससाना कारोबार गर्नसमेत असहज परिस्थिति रहेको अवस्थालाई ध्यानमा राख्दै बैंकले सेवालाई स्तरोन्नति गरेको हो ।
विदेशमा बसी गरिमा विकास बैंकमार्फत मोबाइल बैकिङ सेवा लिन चाहने ग्राहकले बैंकले तोकेबमोजिमका कागजात पूरा गरी यो सेवा लिन सक्ने व्यवस्था गरेको जनाएको छ ।
साथै, यो सुविधा लिने ग्राहकले गरिमा डिजी बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी वेब बैकिङ पनि सजिलै चलाउन सक्ने जनाइएको छ ।