logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • एसियाली खेलकुद : १०५ स्वर्णसहित २ सय पदक जित्दै चीनको अग्रता कायमै

    एसियाली खेलकुद : १०५ स्वर्णसहित २ सय पदक जित्दै चीनको अग्रता कायमै

    3.2K
    Shares
    एसियाली खेलकुद : १०५ स्वर्णसहित २ सय पदक जित्दै चीनको अग्रता कायमै

    काठकाडौँ । चीनमा हान्झाउमा चलिरहेको १९ औँ एसियाली खेलकुदमा आयोजक देशले वर्चस्व कायमै राखेको छ ।

    चीनले अहिलेसम्म १०५ स्वर्ण, ६३ रजत र ३२ कास्यसहित २ सय वटा पदक जितेको छ । जापान २७ स्वर्ण, ३५ रजत र ३७ कास्यसहित ९९ पदक जितेर दोस्रो स्थानमा छ । दक्षिण कोरिया २६ स्वर्ण, २८ रजत र ४८ कास्यसहित १०२ पदक जितेर तेस्रो स्थानमा छ ।

    भारत पदक तालिकाको चौथो स्थानमा छ । भारतले ८ स्वर्ण, १२ रजत र १३ कास्कसहित ३३ पदक जितेको छ । थाइल्यान्ड ८ स्वर्ण, ३ रजत र ९ कास्यसहित २० पदकका साथ पाँचौँ स्थानमा छ । यसैगरी उज्बेकिस्तान तालिकाको छैटौँ स्थानमा छ । उज्बेकिस्तानले ७ स्वर्ण, १० रजत र १५ कास्यसहित ३२ पदक जितेको छ ।

    हङकङ तालिकाको सातौँ स्थानमा छ । हङकङले अहिलेसम्म ५ स्वर्ण, १३ रजत र १८ कास्यसहित ३६ पदक जितेको छ । चाइनिज ताइपेई ५ स्वर्ण, ६ रजत र ९ कास्यसहित २० पदक जितेर तालिकाको आठौँ स्थानमा छ ।

    पदक तालिकाको नवौँ स्थानमा इरान छ । इरानले अहिलेसम्म ३ स्वर्ण, १० रजत र १० कास्यसहित २३ पदक जितेको छ । उत्तर कोरिया ३ स्वर्ण, ६ रजत र ४ कास्यसहित १३ पदक जितेर दशौँ स्थानमा छ । नेपालले भने अहिलेसम्म कुनै पनि पदक जितेको छैन ।

    विश्वका ४५ देशको सहभागिता रहने ४० खेलमध्ये नेपालको तर्फबाट २९ खेलमा १ सय २७ महिला र १ सय २६ जना पुरुष गरी २ सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । शनिवार देखि औपचारिक रुपमा शुरु भएको प्रतियोगिता अक्टोबर ८ सम्म चल्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend