logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • अभिनाश बने टी-२० आई क्रिकेटमा ६ विकेट लिने पहिलो नेपाली बलर

    अभिनाश बने टी-२० आई क्रिकेटमा ६ विकेट लिने पहिलो नेपाली बलर

    5.1K
    Shares
    अभिनाश बने टी-२० आई क्रिकेटमा ६ विकेट लिने पहिलो नेपाली बलर

    काठमाडौं । तीव्र गतिका बलर अभिनाश बोहरा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि ६ विकेट लिने पहिलो नेपाली बलर बनेका छन्।

    चीनमा जारी एसियाली खेलकुदको क्रिकेटमा उनकै कीर्तिमानी बलिङको सहयोगमा नेपालले माल्दिभ्समाथि १३८ रनले हरायो। यो जितसँगै नेपाल क्वाटरफाइनलमा पुगेको छ।

    अभिनाशले यस खेलमा दुई पटक एकै ओभरमा ३-३ विकेट लिंदै ६ विकेटको रेकर्ड कायम गरे।

    यसअघि नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय सन्दीप लामिछाने र करण केसीले समान सर्वाधिक ५-५ विकेट लिएका थिए।

    अभिनाशले छैठौं ओभरको तेस्रो, चौथो र छैठौं बलमा विकेट लिएका थिए। यसपछि अन्तिम ओभरको पहिलो, दोस्रो र चौथो बलमा पनि विकेट झारेका थिए।

    ६ विकेट लिने क्रममा उनले ३.४ ओभरमा मात्र ११ रन खर्चिएका थिए। अन्तर्राष्ट्रिय करिअरमा अभिनाशले पाँच विकेट लिएको यो पहिलो पटक हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend