
काठमाडौं । सोमबार पनि सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावल सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर एक लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
आइतबार एक लाख ८ हजार रुपैयाँ तोलामा छापावल सुनको कारोबार भएको थियो ।
आजका लागि तेजावी सुनको मूल्य एक लाख ७ हजार ४ सय रुपैयाँ तोकिएको छ । आइतबार एक लाख ७ हजार ५ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend