logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • इटालीमा फ्लाइओभरबाट बस खसेर आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु

    इटालीमा फ्लाइओभरबाट बस खसेर आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु

    1.6K
    Shares
    इटालीमा फ्लाइओभरबाट बस खसेर आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु

    भेनिस । इटालीको भेनिस सहरमा बस फ्लाइओभरबाट खसेर आगलागी हुँदा दुई बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

    मेस्ट्रे जिल्लामा रहेको फ्लाइओभरको बेरियर तोड्दै बस रेलवे ट्र्याकमा खस्न पुगेको थियो । मारिनेमा ५ जना युक्रेनी नागरिक, एक जर्मन नागरिक र इटालीका ड्राइभर रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

    भेनिसका मेयर लुइजी ब्रुग्नारोले यसलाई ‘ठुलो त्रासदी’ को संज्ञा दिएका छन् । उक्त बस पर्यटकहरूलाई भेनिसबाट मर्घेरा जिल्लामा रहेको क्याम्प साइटमा लैजान भाडामा लिइएको बताइएको छ ।

    घटना स्थानीय समयअनुसार साँझ ७ः४५ बजे भएको थियो । केही रिपोर्टमा बस मिथेन ग्यासबाट चल्ने भएकाले बिजुलीको तारमा खस्दा आगलागी भएको उल्लेख गरिएको छ । गृहमन्त्री माटेयो पियान्टेडोसीले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।

    घटनामा कम्तीमा १८ जना घाइते भएका छन् जसमध्ये ५ जनाको अवस्था चिन्ताजनक रहेको छ । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन । एजेन्सी

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend