काठमाडौँ । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष लगायत पाँचवटै पदाधिकारी पदमा सर्वसम्मत भएको छ ।
प्रमुख निर्वाचन अधिकृत पदम पालकाअनुसार अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द तथा उपसचिवमा कञ्चनपुरका नरबहादुर विक र कैलालीकी भागरथी विष्ट सर्वसम्मत भएका हुन् ।
उपसचिवमा भरत साउद पक्षका विक र विष्टको पक्षमा सहमति जुटेपछि साउदले अध्यक्षको उम्मेदवारी फिर्ता लिएसँगै पदाधिकारीमा सर्वसम्मत भएको हो ।