काठमाडाैँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली सेनाको आदेशअनुसार गाजावासीलाई उत्तरबाट दक्षिणतिर सार्नु खतरनाक भएको बताएका छन् ।
उनले शुक्रवार सो चेतावनी दिएका हुन् । उनले गाजाको अवस्था डरलग्दो रहेको बताए । इजरायलमा हमासले गरेको डरलाग्दो आतंककारी हमलालमा १२ सय बढीको मृत्यु भएको थियो । हजारौँ मानिस घाइते छन् ।
गुटेरेसले गाजाभर तत्काल मानवीय पहुँच उपलब्ध गराउन आह्वान गरे । उनले त्यहाँका बासिन्दालाई इन्धन, खाना, पानी लगायतका सामग्री उपलब्ध गराउन आग्रह ग रे ।
उनले युद्धमा पनि नियमहरु हुने भन्दै अन्तर्राष्ट्रिय मानवीय कानून र मानवअधिकारको सम्मान र समर्थन गर्न आग्रह गरे । उनले गाजाका बन्धकहरुलाई तत्काल रिहा गर्नसमेत आग्रह गरे ।