logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • सेक्युरिटी प्रेस कमिसन प्रकरण: यी १२ संसदको नाम ४ अर्ब भ्रस्टाचार गर्ने संसदको सुचीमापरेपछि….

    सेक्युरिटी प्रेस कमिसन प्रकरण: यी १२ संसदको नाम ४ अर्ब भ्रस्टाचार गर्ने संसदको सुचीमापरेपछि….

    3.3K
    Shares

    फागुन ८ काठमाडौं: प्रतिनिधि सभाको सार्बजानिक लेखा समितिको बैठक चर्काचर्की भएको छ  सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कमिसनको लोभमा संचारमन्त्री गोकुल बास्कोटाको अडियो बाहिरिएसंगै सामाजिक संजालमा लेखासमितिका अधिकांश सदस्यहरु फोटो सहितको तस्बिर टाँस गरी ४ अर्ब भाग परेका माननीयहरु भन्दै लेखिएको फेसबुक स्टाटस नेकपा संसद सुर्य पाठकले देखाएपछि चर्काचर्की भएको  हो ।

    फेसबुकमा प्रभात किशोर उपाध्यायले ४ अर्ब खाएर जर्मन कम्पनीलाई ठेक्का दिन थालेपछि स्विस एजेन्टले क्लिप बाहिर ल्याएको रहेछ भनि लेखेका छन्।

    उनले ४ अर्ब भाग परेका लेखा समितिका बास्कोटालगायत अन्य माननीयहरु भन्दै मिरा सुब्बा, बिना देवी बुढाथोकी, मिनेन्द्र प्रसाद रिजाल, मैना कुमारी भण्डारी, विरोध खतिवडा, मोहन आचार्य, बिशाल भट्टराइ, मोहम्मद इस्तियाक राइ, यज्ञ बहादुर बोगटी, शरद सिंह भण्डारी, रघुवीर महासेठ र सुर्य पाठकको नाम उल्लेख गरेका छन्।

     

    सरकारलाई सेक्युरिटी प्रिन्टिङ स्थापनाको सम्पुर्ण कार्य रोक्न संसदीय समितिले निर्देशन दिएको छ। आज भएको लेखा समितिको बैठकमा सेक्युरिटी प्रेस खरिदबारे छानबिन समेत गर्ने निर्णय भएको छ ।

    बैठकमा समितिका सदस्य तथा कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले बाहिर कमिसनको कुरा आएको बताउँदै यसबारे छलफल आगामी बैठकमा पनि गरिने बताए। उनले भने, ‘हामीले छलफल गरिरहेका छौँ, यस विषयमा आगामी दिनमा पनि बैठक राख्छौँ।’ समाजवादी पार्टीका सांसद मोहम्मद इस्तियाक राईले सेक्युरिटी प्रेसको भवन निर्माणको लागत अस्वाभाविक रुपमा बढी राखिएको भन्दै प्रश्न गरेका थिए ।

    नेकपाका सांसद अमनलाल मोदीले ढाँटेको कुरा काटे नि मिल्दैन भन्दै सेक्युरिटी प्रेस स्थापनाको काम तत्काल रोक्न माग गरे । समाजवादी पार्टीका सांसद प्रदीप यादवले पनि ४९.२ मिलियन डलर भ्रष्टाचार हुन लागिएको भन्दै रोक्न माग गरे । उनले सेक्युरिटी प्रेस खरिद सार्वजनिक खरिद ऐनअनुसार पनि नभएको दाबी गरे । त्यस्तै नेकपाका सांसद सूर्य पाठकले लेखा समितिका सदस्यहरुले समेत कमिसन खाएर सेक्युरिटी प्रेस खरिद गर्न लागिएको भनेर एक व्यक्तिले आफूहरुको चरित्र हत्या गरेको भन्दै आपत्ती जनाए ।

    बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल पनि उपस्थित थिए। उनीहरुसंगको छलफलपछि तत्कालका लागि सेक्युरिटी प्रिन्टिङ स्थापनाको काम अघि नबढाउन निर्देशन दिएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend