काठमाडौँ । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको हृदयाघातका कारण निधन भएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका लीको सांघाईमा निधन भएको हाे ।
लीलाई बिहीबार अचानक हृदयाघात भएको थियो । सबै उद्धारका उपायहरू असफल भएपछि स्थानीय समय अनुसार गए राति १२ः१० मा उनलाई मृत घोषणा गरिएको थियो ।
उनको ६८ वर्षको उमेरमा निधन भएको हो ।