logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • भारतले अप्रिल—अगस्टमा गर्याे ४७.९८ मिलियन अमेरिकी डलर बराबरको आँप निर्यात

    भारतले अप्रिल—अगस्टमा गर्याे ४७.९८ मिलियन अमेरिकी डलर बराबरको आँप निर्यात

    1.5K
    Shares
    भारतले अप्रिल—अगस्टमा गर्याे ४७.९८ मिलियन अमेरिकी डलर बराबरको आँप निर्यात

    काठमाडाैँ । भारतले अप्रिल—अगस्टमा ४७.९८ मिलियन अमेरिकी डलर बराबरको आँप निर्यात गरेको छ ।

    चालु आर्थिक वर्ष २०२३–२०२४ को पहिलो पाँच महिनामा ४७.९८ मिलियन अमेरिकी डलर बराबरको आँप निर्यात गरेको हो ।

    यो अघिल्लो आर्थिक वर्षको ४ करोड ३३ लाख अमेरिकी डलर भन्दा १९ प्रतिशतले बढी हो । सरकारकाअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा भारतले १९ प्रतिशतले वृद्धि गरी अमेरिकामा पनि भारतीय आँप निकासी गरेको छ ।

    भारतले इरान, मौरिसस, चेक रिपब्लिक, नाइजेरिया लगायत ४१ देशमा आफ्नो आँप निर्यात गरेको हो । भारतले हरेक वर्ष जुलाई २२ मा राष्ट्रिय आँप दिवस मनाउँछ । भारतमा करिव १५ सय प्रजातिका आँप उत्पादन गरिन्छ । जसमा १ हजार व्यवसायिक प्रजातिहरु छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend