logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • गुटेरेसको भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सहजीकरण गर्छ : पूर्वसभामुख सापकोटा

    गुटेरेसको भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सहजीकरण गर्छ : पूर्वसभामुख सापकोटा

    1.3K
    Shares
    गुटेरेसको भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सहजीकरण गर्छ : पूर्वसभामुख सापकोटा

    काठमाडौँ । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सहजीकरण गर्ने बताएका छन् ।

    आइतवार पूर्व सभामुख सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियाका बाँकी कामहरुलाई निष्कर्षमा पुर्याउन सहजीकरण हुने बताएका हुन् । उनले महासचिव गुटेरेसले संसदमा गर्ने सम्बोधनलाई सबैले आत्मसाथ गर्ने उल्लेख गर्दै गुटेरेसले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि प्रभावकारी ढंगले सहजीकरण गर्नसक्ने विश्वास व्यक्त गरे ।

    पूर्वसभामुख सापकोटाले शान्ति प्रक्रियाका बाँकी कामहरु पीडितको समेत सहमतिमा निष्कर्षमा पु¥याउनुपर्ने भन्दै यो भ्रमणले बाँकी काम पूरा गर्न अन्तर्राष्ट्रिय वातावरण बनाउनका लागि पनि भुमिका खेल्ने गरे । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बसिरहेको बेलामा महासचिव नेपाल भ्रमणमा आउनुले नेपाल भ्रमणलाई उच्च महत्व दिएको कुरा स्पष्ट भएको पनि सापकोटाको भनाइ छ ।

    उनले भने, ‘यो बेलामा संयुक्त राष्ट्रसंघको महासचिव नेपाल आउनु भनेको नेपालका लागि धेरै ठूलो अवसर हो । यस्तो बेलामा उहाँ नेपाल आउनुभएको छ कि अहिले पनि सुरक्षा परिषद्को बैठक बसिरहेको छ । त्यस्तो बेलामा उहाँ आउनुभएको छ । यसबाट के बुझिन्छ भने उहाँले नेपालको भ्रमणलाई उच्च महत्व दिनुभएको छ । जलवायु परिवर्तनको क्षेत्रमा जे–जति घटनाहरु घटिरहेका छन् ।

    जे जति असर र प्रभावहरु देखिरहेका छन् । यसलाई न्यूनिकरण गर्न उहाँको भ्रमण धेरै महत्वपूर्ण हुनेछ । उहाँ सगरमाथाको आधारशिविरमा जाँदै हुनुहुन्छ । उहाँको स्थलगत भ्रमणले संसारका जनतालाई, संसारलाई जानकारी दिनका लागि धेरै महत्वपूर्ण भुमिका खेल्छ । शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउनका लागि पनि उहाँको भ्रमण निकै महत्वपूर्ण हुन्छ । उहाँले संसदका दुवै सदनलाई सम्बोधन गर्दै हुनुहुन्छ ।

    त्यहाँ सिंगो राष्ट्र केन्द्रित हुन्छ । एकै साथ उहाँले गर्ने सम्बोधन सबैले आत्मसाथ गर्ने कुरा हुन्छ । मलाई लाग्छ, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि प्रभावकारी ढंगले सहजीकरण गर्न सक्नुहुन्छ । पहिला पनि संयुक्त राष्ट्रसंघको भुमिका महत्वपूर्ण भएकै थियो । सेना समायोजन र शान्ति प्रक्रियापछि भएका चुनावहरुका कारण शान्ति प्रक्रिया एक प्रकारले अनुमोदन भइसकेको छ भनेपनि हुन्छ । अब केही बाँकी छ निष्कर्षमा पुग्नका लागि ।

    पीडितहरुको समेत सहमतीमा त्यसलाई निष्कर्षमा पुर्याउनु पर्छ । परिपूरणका कुरा छन् । राम्रोसित अन्वेषण गर्ने कुरा छन् । यि सबै कुरालाई एउटा अन्तर्राष्ट्रिय वातावरण बनाउनका लागि यसले धेरै ठूलो भुमिका खेल्छ । शान्ति प्रक्रिया टुंग्याउनका लागि अन्तर्राष्ट्रिय जगतको सद्भाव पनि हामीलाई चाहिन्छ । त्यो सद्भाव पनि यो भ्रमणले प्राप्त हुन्छ भन्ने कुरा हामीले अपेक्षा राखेका छौँ । सरकारले अपेक्षा राखेको छ । दिनदिनै त्यो वातावरण बनिरहेको पनि छ ।’

    उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन नेपाललाई अन्तर्राष्ट्रिय जगतको सद्भाव पनि चाहिने उल्लेख गर्दै यस भ्रमण पश्चात सो किसिमको सद्भाव प्राप्त हुने विश्वास व्यक्त गरे । महासचिव गुटेरेस सगरमाथाको आधारशिविरसम्म पुग्ने भएकाले उनको स्थलगत भ्रमणले नेपालमा जलवायु परिवर्तनका प्रभावहरु न्युनिकरण गर्न ध्यान केन्द्रित हुने पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend