logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • इजरायल–हमास द्वन्द्वमा कम्तीमा ३१ जना पत्रकारको मृत्यु

    इजरायल–हमास द्वन्द्वमा कम्तीमा ३१ जना पत्रकारको मृत्यु

    2.1K
    Shares
    इजरायल–हमास द्वन्द्वमा कम्तीमा ३१ जना पत्रकारको मृत्यु

    काठमाडौँ । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमास द्वन्द्वमा अहिलेसम्म कम्तीमा ३१ जना पत्रकारको मृत्यु भएको छ ।

    कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले अहिलेसम्म २६ जना प्यालेस्टीनी, चार जना इजरायली र एक जना लेबनानी पत्रकारको मृत्यु भएको जनाएको छ । सीपीजेले एक विज्ञप्ति निकालेर गाजामा पत्रकारले असाधारण जोखिमको सामना गरिरहेको बताएको छ ।

    यस्तै गाजामा इजरायलको अन्धाधुन्ध आक्रमणका कारण पत्रकारले बस्ने ठाउँ पनि नपाएको उल्लेख छ । पत्रकारले भूमिगत सेल्टर लिएकोमा त्यहाँ पनि इजरायली आक्रमण हुने गरेको सीपीजेले जनाएको छ । इजरायल–हमास युद्धमा ज्यान गुमाउनेमा प्यालेस्टिनी फिल्म निर्माता रोस्दी सराज र रोयटर्सका भिडियोग्राफर इसम अब्दल्लाहसमेत रहेका छन् ।

    यही अक्टोबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण थालेपछि भएको युद्धमा १४ सय जना इजरायली र नौ हजार जना प्यालेस्टिनीको ज्यान गइसकेको छ । एजेन्सी

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend