logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राजस्व संकलन विधेयक प्रदेशसभामा प्रस्तुत हुँदै

    राजस्व संकलन विधेयक प्रदेशसभामा प्रस्तुत हुँदै

    833
    Shares
    राजस्व संकलन विधेयक प्रदेशसभामा प्रस्तुत हुँदै

    विराटनगर । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशको राजस्व संकलन विधेयक, २०८० प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

    मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा आज भएको मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ वार्षिक प्रतिवेदनका साथै अन्य आयोगका वार्षिक प्रतिवेदन सभामा पेश गर्ने निर्णय गरेको हो ।

    साथै बैठकले झापाको अर्जुनधारा नगरपालिकालाई जापानको इवाते प्रान्तको तोवो नगरसँग भगिनीसम्बन्ध कायम गर्न स्वीकृति दिएको बिनाविभागीय मन्त्री शम्शेर राईले जानकारी दिनुभयो । रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend