logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • अब यो लोकतन्त्र गयो भने हाम्रै कारणले जान्छ : चित्रबहादुर केसी

    अब यो लोकतन्त्र गयो भने हाम्रै कारणले जान्छ : चित्रबहादुर केसी

    994
    Shares
    अब यो लोकतन्त्र गयो भने हाम्रै कारणले जान्छ : चित्रबहादुर केसी

    काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष समेत रहेका सांसद चित्रबहादुर केसीले अहिलेको अवस्थामा देशले संघीयता धान्न नसक्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लोकतन्त्र गुम्यो भने यसलाई प्राप्त गर्न कठिन हुने उल्लेख गर्दै लोकतन्त्र गए दलहरूकै कारण जाने उल्लेख गरे । उनले देशलाई अहिलेको अवस्थामा पुर्याउन बाह्य शक्तिले अन्तरिम संविधानमा देश संघीय लोकतन्त्रमा जाने विषय हालेको बताए ।

    सांसद केसीले भने, ‘अहिले लोकतन्त्र, गणतन्त्रमाथि जुन कालो बादल मडारिरहेको छ, यो गुम्यो भने यसलाई प्राप्त गर्न ठुलो संकट पर्छ । हामीलाई थाहा छ नि १७ साल, ५९ सालको अवस्था । मैले पहिलेदेखि नै भन्दै आएको हुँ, यो लोकतन्त्रको खतरा को देखि छ भने हामीबाट नै छ ।’ उनले देशले ८ सय भन्दा बढी सांसद, १ सय ३८ जना मन्त्री पाल्न नसक्ने बताउँदै संघीयता भनेर जनताका कान नखान उल्लेख गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend