logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • श्रीलंकालाई ३ सय २ रनले हराउँदै भारत एकदिवसीय विश्वकपको सेमिफाइनलमा

    श्रीलंकालाई ३ सय २ रनले हराउँदै भारत एकदिवसीय विश्वकपको सेमिफाइनलमा

    3.3K
    Shares
    श्रीलंकालाई ३ सय २ रनले हराउँदै भारत एकदिवसीय विश्वकपको सेमिफाइनलमा

    काठमाडौँ । भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज बिहीवार भएको खेलमा भारतले श्रीलंकालाई ३ सय २ रनको फराकिलो अन्तरले हरायो ।

    भारतले दिएको ३ सय ५८ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका १९ ओभर ४ बलमा ५५ रनमै अलआउट भयो । श्रीलंकाका कसुन रजिथाले सर्वाधिक १४ रन बनाए । उसका ४ जना खेलाडी शून्य रनमै आउट भए । बलिङतर्फ भारतका मोहम्मद शमीले ५, र मोहम्मद सिराजले ३ विकेट लिए ।

    यसअघि मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५७ रन बनायो । भारतका शुभमन गिलले ९२, विराट कोहली ८८ र श्रेयस अय्यरले ८२ रन बनाए । बलिङतर्फ श्रीलंकाका दिलशन मदुशनाकाले ५ विकेट लिए ।

    भारत १३ औँ संस्करणको प्रतियोगितामा सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । भारत ७ खेलमा सबै खेल जित्दै १४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend