logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • विश्वकप पुग्ने यात्रामा आरीफ शेखको अर्धसतक

    विश्वकप पुग्ने यात्रामा आरीफ शेखको अर्धसतक

    2.1K
    Shares
    विश्वकप पुग्ने यात्रामा आरीफ शेखको अर्धसतक

    काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेलमा यूएई ले दिएको १३५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ उत्रिएका नेपालको तर्फबाट आरीफ शेखले अर्धसतक बनाएका छन्।

    शेखले ३९ बलमा  अर्धसतक बनाएका  हुन्।

    नेपालले अहिलेसम्म दुई विकेट विकेट गुमाएको छ । नेपालले अहिले १३  ओभरमा  ९३  रन बनाएर  जवाफी ब्याटिङ गरीरहेको छ ।

    नेपालले पहिलो विकेटका रूपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेल लाई गुमाएको थियो । उनी आठ बलमा दुई चौकाको मद्दतले ११ रन बनाउँदै पेभेलियन फर्किए । त्यस्तै  दोश्रो विकेटका रूपमा   ब्याट्सम्यान गुलसन झा आउट भएका छन  । उनी २४ बलमा २२ रन बनाएर आउट भएका हुन्

    नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend