logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • भूकम्प पीडितलाई बाग्मती प्रदेशले डेढ करोड रुपैयाँ सहयोग गर्ने

    भूकम्प पीडितलाई बाग्मती प्रदेशले डेढ करोड रुपैयाँ सहयोग गर्ने

    1K
    Shares
    भूकम्प पीडितलाई बाग्मती प्रदेशले डेढ करोड रुपैयाँ सहयोग गर्ने

    काठमाडौँ । बाग्मती प्रदेश सरकारले भूकम्पपीडितको तत्काल प्रभावकारी उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।

    प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै नागरिक समाज, विभिन्न गैरसरकारी संस्थालाई विपद्को घडीमा आवश्यक सहयोग गर्नसमेत आग्रह गर्नुभएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ’यस विपद्को घडीमा बाग्मती प्रदेश सरकार कर्णाली प्रदेश सरकारसँगै रहनेछ ।’ जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भइ गएराति गएको भूकम्पले ठूलो मात्रामा जाजरकोट र रुकुम पश्चिम जिल्लामा जनधनको क्षति पुगेकामा बाग्मती प्रदेश सरकारले दुःख व्यक्त गरेको छ ।

    विज्ञप्तिमा भनिएको छ, ’भूकम्पबाट ज्यान गुमाएका सम्पूर्ण व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार र आफन्तजनमा समवेदनाका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend