काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज बिहान ८ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।
प्रधानमन्त्री प्रचण्डका संयोजक सूर्यकिरण शर्माका अनुसार भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
भूकम्पबाट अहिलेसम्म जाजरकोट र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भइसकेको छ भने २५३ जना घाइते भएका छन् ।