logo

२०८१ कार्तिक ७ बुधबार

logo
  • बुधबार, ७ कार्तिक २०८१
  • हिउँ चितुवा र संस्कृति संरक्षणमा नासों

    हिउँ चितुवा र संस्कृति संरक्षणमा नासों

    2K
    Shares
    हिउँ चितुवा र संस्कृति संरक्षणमा नासों

    मनाङ । हिमाली जिल्ला मनाङको प्रवेशद्वार नासों गाउँपालिका हिउँ चितुवा र संस्कृति संरक्षणमा जुटेको छ । लोपोन्मुख हिउँ चितुवाले वातावरण सन्तुलनको भूमिका खेल्ने भएकाले संरक्षण गर्नु आवश्यक रहेको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताए।

    अध्यक्ष गुरुङले भने, “हाम्रा अग्रजले मान्दै आउनुभएको संस्कृति र हिउँ चितुवा संरक्षणले नै जलवायु सन्तुलन भएको थियो । अहिले यी लोपोन्मुख चिजको प्रवद्र्धन आवश्यक छ । पालिकाले यस्ता कार्यको संरक्षण तथा प्रवद्र्धन गर्नुपर्छ र लागिपरेका छौँ ।”

    उनले हिउँ चितुवा र संस्कृतिको प्रवद्र्धन गर्दै पर्यटक आकर्षित गर्ने योजना रहेको बताए। यहाँको मुख्य आय नै पर्यटन भएकाले यसको पनि उपयोगमा जोड दिइएको उनको भनाइ छ ।

    चितुवा संरक्षण केन्द्र पाङ्ग्जे फाउन्डेसनका संयोजक नरेन्द्र लामाले जलवायु परिवर्तनले हिउँ चितुवाको सङ्ख्या घट्दो अवस्थामा पुगेको बताए । उनले चितुवाको सङ्ख्या घट्नुले जलवायु खलबलिएको जनाउँछ । विश्वमा नेपाललाई हिउँ चितुवाको बासस्थानको रुपमा चिनिने गरेको उनको भनाइ छ ।

    उनले भने, “हिउँ चितुवालाई हिमालको रानी भनिन्छ । हिमाली वातावरणको सूचक हिउँ चितुवा हो । जुन हिमालमा हिउँ चितुवाको राम्रो बासस्थान छ । त्यो हिमाली क्षेत्रको वातावरण सफा र स्वच्छ छ भनिन्छ ।”

    विश्वका १२ वटा देशमा मात्रै हिउँ चितुवा पाइन्छन् । तीमध्ये पनि १० प्रतिशत नेपालका विभिन्न हिमाली क्षेत्रमा पाइन्छ । रासस

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend