काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकालाई पराजित गर्दै अस्ट्रेलिया फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको खेलमा दक्षिणअफ्रिकालाई तीन विकेटले पराजित गर्दै अस्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो ।
आठौं पटक फाइनलमा स्थान बनाएको अष्ट्रेलियाले उपाधिका लागि आइतबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई हराउँदै भारत फाइनल पुगिसकेको छ । खेल भारतमा जारी छ ।
दुई सय १३ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।