logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • महिला टी-२० : नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य

    महिला टी-२० : नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य

    1.1K
    Shares
    महिला टी-२० : नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य

    काठमाडाैँ । चार देश सम्मिलित महिला टी-२० सिरिजमा नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको छ।

    हङकङ क्रिकेट क्लबको मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ११५ रन बनाएको हो।

    नेपालका लागि ओपनर पुजा महतोले ४३ रन बनाइन्। उनले ५१ बलमा ३ चौका प्रहार गरिन्।

    त्यस्तै रोमा थापाले १९ बलमा ३ चौका हानेर २२ रन बनाउँदा १९ बल खेलेकी रूबिना क्षेत्रीले २ चौका प्रहार गरी २१ रनको योगदान गरिन्। कप्तान इन्दु बर्माले २१ बलमा १ चौका प्रहार गरी १२ रन जोडिन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend