काठमाडाैँ । टर्की प्रहरीले इस्तानबुलमा १७ जना आईएस संदिग्धलाई पक्राउ गरेको छ ।
टर्की काउन्टर टेरर पुलिसले इस्तानबुलमा गरेको अपरेसनमा इस्लामिक स्टेट (आईएस) समूहसँग संवद्ध १७ संदिग्धलाई पक्राउ गरेको इहलास समाचार एजेन्सीले जनाएको छ ।
पुलिसले आइएस चरमपन्थीसँग सम्बन्ध रहेको र समूहको विचारधाराअनुरूप तालिम प्रदान गरेको आशंकामा विदेशीहरूलाई लक्षित गरी नौ जिल्लाहरूमा छापा मारेको इहलासले बताएको छ । उनीहरूले १७ संदिग्धलाई नियन्त्रणमा लिएका छन् भने ठूलो मात्रामा कागजात र डिजिटल सामग्री बरामद गरेको बताएका छन् । टर्किले २०१३ मा आईएसलाई आतंककारी समूहको रूपमा सूचीवद्ध गरेको थियो ।
चरमपन्थी समूहले धेरै पटक आक्रमण गरेको छ । जवाफमा टर्की अधिकारीहरूले देश र विदेशमा आतंकवाद विरोधी अभियानहरू शुरु गरेका छन् ।