काठमाडौँ । डोटीको शिखर नगरपालिका–१० शिदेश्वरटोलमा रहेको उद्यमी महिला कृषक समूहले देउसी भैलो खेलेर संकलित भएको रकम क्यान्सरबाट पीडित बनेका हर्कबहादुर बलायरलाई सहयोग गरेको छ ।
देउसी भैलो खेलेर संकलन भएको पाँच हजार रकम क्यान्सर पीडित शिखर नगरपालिका–१० का हर्कबहादुर बलायरलाई सहयोग गरेको हो । क्यान्सर पीडित बलायरको काठमाडौँ स्थित भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको सुजङ बोर्डिङ स्कुलकका प्रबन्धक निर्देशक नरेश बलायरले बताए ।
उनका अनुसार उपचारका लागि आर्थिक अवस्था कमजोर भएकोले छोराको उपचारमा सहयोग गरिदिन बुवा पदम बलायरले आग्रह गरेपछि उद्यमी महिला कृषक समूहले देउसी भैलो खेलेर उठेको रकम हस्तान्तरण गरेका हुन् ।