logo

२०८१ पुष १० बुधबार

logo
  • बुधबार, १० पुष २०८१
  • भारतमा सरकार बिरुद्द हिंसात्मक प्रर्दशन, ७ जनाको मृत्यु

    भारतमा सरकार बिरुद्द हिंसात्मक प्रर्दशन, ७ जनाको मृत्यु

    2.6K
    Shares

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुईदिने भारत भ्रमणमा रहेका बेला भारतमा हिंसात्मक प्रदर्शन भएको छ।नागरिकता कानुनको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा सोमबार एक प्रहरीसहित ७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिल्लीमा मंगलबार निर्णायक छलफल गर्दैछन्। सोमबार राति नै ट्रम्प अहमदाबाद, आग्रा हुँदै दिल्ली पुगेका थिए।ट्रम्प दिल्ली पुग्न अगाडि त्यहाँ महिनौंयता जारी नागरिकता कानुनको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो। केही समय साम्य भएको प्रदर्शन आइतबारदेखि चर्किएको हो।

    सोमबार दिल्लीको यमुना पार इलाकामा प्रहरी हेड कन्स्टेबल रतन लालको प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर मृत्यु भएको बताइएको छ।प्रदर्शनकारीले सरकारविरुद्ध प्रदर्शन गर्दै ढुंगामुढा प्रहार गरेका थिए, कारमा आगजनी गरेका थिए। प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन लाठी चार्ज गरेको थियो।

    यस घटनासँगै दिल्ली सरकारले हिंसालाई नियन्त्रणमा लिन दिल्लीका विभिन्न क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ। त्यहाँका केही स्थानमा कर्फु जारी भएको छ।भारत सरकारले नागरिकता सम्बन्धी नयाँ कानुन ल्याएपछि केही समययता भारतमा प्रदर्शन जारी छ।

    उक्त कानुन मुसलमान विरोध भएको भनेर त्यहाँ प्रदर्शन भइरहेको हो। छिमेकी मूलुकका गैर मुस्लिम नागरिकलाई मात्र नागरिकता दिने भनेर नयाँ कानुनले बताएपछि हिंसा जारी छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend