काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैतडीको पाटनमा आफ्नो ३५१ औँ शाखा स्थापना गरेको छ ।
पाटन नगरपालिका–६ स्थित पाटनबजारमा हिजो आइतबार एक कार्यक्रमकाबीच नगर प्रमुख गौरीसिंह रावलले उक्त शाखाको उद्घाटन गर्नु भएको थियो । शाखा उद्घाटनसँगै आइतबारदेखि बैंकले आफ्ना सम्पूर्णकाम सञ्चालनमा ल्याएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखा रहित बैंकिङ् सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।
यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।