बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ बाट ९१ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा खप्तडछान्ना–७ का ६४ वर्षका खडक खड्का, गोर्खाको अजिरकोट गाँउपालिका–२ का ३८ वर्षका सन्तोस गुरुङ र पर्साको सुकौली पटौली गाउँपालिका–९ लक्ष्मीपुरका ५५ वर्षका रामबहादुर गुरुङ रहेका प्रहरीले जनाएको छ ।
खप्तडछान्ना–७ को गोर्खाली गाउँबाट गाँजाको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा आज सोमवार खडकबहादुर बोहराको घरमा खानतलासी गर्दा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) भरतबहादुर शाहले बताउनुभयो ।
पक्राउ परेका तीनै जनालाई प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।