logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • इजरायल र हमासबीचको युद्धविराम आज अन्त्य हुँदै, युद्धविराम लम्ब्याउन दुवै पक्ष छलफलमा

    इजरायल र हमासबीचको युद्धविराम आज अन्त्य हुँदै, युद्धविराम लम्ब्याउन दुवै पक्ष छलफलमा

    1.8K
    Shares
    इजरायल र हमासबीचको युद्धविराम आज अन्त्य हुँदै, युद्धविराम लम्ब्याउन दुवै पक्ष छलफलमा

    एजेन्सी । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीचको युद्धविराम आज सोमवार सकिँदैछ । कतारको मध्यस्थतामा भएको वार्तापछि इरायल र हमासबीच चार दिनका लागि युद्धविरामसहित बन्दी रिहाइको सम्झौता भएको थियो ।

    हमासले एक जना इजरायली बन्धक रिहा गरेबापत इजरायलले तीन जना प्यालेस्टिनी कैदीबन्दीको रिहा गर्ने सहमतिअनुसार आज अन्तिम समूह रिहा हुने तयारीमा रहेको बीबीसीले जनाएको छ । सम्झौताअन्तर्गत हमासले कुल ५० जना इजरायली बन्धकलाई रिहा गर्नेछ र बदलामा इजरायलले आफ्नो जेलबाट एक सय ५० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नेछ ।

    अहिलेसम्म हमासले ३९ जना इजरायली र इजरायलले एक सय १७ जना प्यालेस्टिनीलाई रिहा गरेको छ । यसैबीच आज राति युद्धविरामको समय सकिनुअघि नै समय थप गर्न दुवै पक्ष छलफलमा छन् । दुई पक्षबीचको युद्धविरामको अवधि बढ्न सक्ने सङ्केतहरू देखिएका खबरमा उल्लेख छ ।

    इजरायलले हरेक दिन १० जना बन्धकलाई रिहा गर्ने सर्तमा युद्धविरामको समय बढाउन सक्ने बताइसकेको छ । तर युद्धविराम सकिनेबित्तिकै पूर्ण शक्तिका साथ गाजामा हमला गर्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले चेतावनी दिनुभएको छ । यस्तै एक प्यालेस्टाइनी अधिकारीका अनुसार हमास पनि युद्धविरामको विषयमा सकारात्मक छ ।

    तर सहमति भने भइसकेको छैन । गएको अक्टोबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको ज्यान गएको छ । हमासले दुई सय ४० जनालाई बन्धक बनाएको छ ।

    यसको बदलामा इजरायलले गाजा क्षेत्र ध्वस्त बनाएको छ । गाजामा १४ हजार जनाभन्दा धेरैको ज्यान गएको छ । ज्यान गुमाउनेमा छ हजार जनाभन्दा धेरै बालबालिका रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend