logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • भारत : १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको उद्धार

    भारत : १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको उद्धार

    6.4K
    Shares
    भारत : १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको उद्धार

    एजेन्सी । भारतको उत्तराखण्डको एक सुरुङभित्र फसेका मजदुरहरुको उद्धार भएको छ । १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको आज मंगलवार बेलुकी उद्धार भएको हो ।

    उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार गरिएका मजदुरहरुलाई भेट्नुभएको छ । उद्धार शुरु भएसँगै सुरुङ आसपासमा खुशी मनाइएको छ । मजदुरहरुलाई फूलमाला र ताली बजाएर स्वागत गरिएको छ ।

    सुरुङभित्र फसेका मजदुरको उद्धारका लागि शुरुमा पहिरो पन्छाउने प्रयास भएकोमा त्यहाँबाट सम्भव नभएपछि पहाड माथिबाट एउटा ठाडो र अर्को तेस्रो प्वाल बनाइएको थियो । ठाडोतर्फको प्वालबाट मजदुरलाई बाहिर निकालिएको हो ।

    ९० सेन्टिमिटर व्यास भएको पाइप जडान गरेर त्यहाँबाट एक÷एक जना गर्दै मजदुरलाई बाहिर निकालिएको हो । उद्धार गरेका मजदुरलाई अस्पताल लैजानका लागि एक दर्जनभन्दा धेरै एम्बुलेन्स तयारी अवस्थामा छन् । प्राथमिक उपचारका लागि सुरुङ स्थलमै आठ शय्याको अस्पताल स्थापना गरिएको छ ।

    यदि मजदुर गम्भीर भएमा उद्धारका लागि हेलिकप्टर पनि तयारी अवस्थामा छ । अस्पतालमा सबै सुविधासहित डाक्टरलाई खटाइएको छ । सुरुङभित्र फसेका मजदुरको उद्धारका लागि अमेरिकाबाट समेत मेशिन र इन्जिनियर झिकाएर काम भइरहेको थियो ।

    तर कहिले पहिरो जाने र कहिले मेशिन बिग्रने भएपछि उद्धारमा ढिलाइ भएको हो । फसेका मजदुरहरुलाई सानो पाइपको माध्यमबाट खाना, पानी र औषधि भने पठाइएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend