logo

२०८१ पुष १ सोमबार

logo
  • सोमबार, १ पुष २०८१
  • संस्थालाई डुबाउने योजना बनाएको भन्दै वायुसेवाका प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारीलाई प्रवेश निषेध

    संस्थालाई डुबाउने योजना बनाएको भन्दै वायुसेवाका प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारीलाई प्रवेश निषेध

    1.1K
    Shares
    संस्थालाई डुबाउने योजना बनाएको भन्दै वायुसेवाका प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारीलाई प्रवेश निषेध

    काठमाडौँ । नेपाल एयरलाइन्सका कर्मचारीले आजदेखि संस्था डुबाउने खेल भइरहेको भन्दै आन्दोलन थालेका छन् ।
    वायुसेवा निगमका कर्मचारीले नेतृत्वले संस्था डुबाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

    आन्दोलनमा उत्रिएका कर्मचारीले संस्थालाई डुबाउने योजना बनाएको भन्दै प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारीलाई प्रवेश निषेध नै गरेको छ । आन्दोलनरत कर्मचारीले नेपाल वायुसेवा निगम नेपाली जनताको साझा सम्पत्ति भएकाले यसलाई डुब्नबाट रोक्नुपर्ने समेत बताएका छन् ।

    आन्दोलरत कर्मचारीले प्रमुख कार्यकारी अधिकृतलाई हालसम्म कार्यालय प्रवेश गर्न दिएका छैनन् । उता वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले वायुसेवामा कुनै आन्दोलन नभएको बताए ।

    उनले भने, केही कर्मचारीले आन्दोलन गर्न खोजेका थिए, कार्यकारी अधिकृत कार्यालयमा आउनु भएको छ, कसैले रोकेको छैन् ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend