काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) मा चितवन एफसी र बुटवल लुम्बिनी एफसीले रोमाञ्चक बराबरी खेलेका छन् ।
आज बिहीवार त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको खेलमा चितवन र बुटवलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । दुवै गोल दोस्रो हाफमा भएको हो । खेलको ४८ औँ मिनेटमा उत्सव राईले गोल गर्दै चितवनलाई अग्रता दिलाएका थिए । तर खेलको ९० औँ मिनेटमा बुटवलका स्टेफाने बिनोङले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
एनएसएलमा भोलि शुक्रवार वीरगञ्ज युनाइटेड एफसी र झापा एफसीबीच खेल हुनेछ । खेल बेलुकी ५ बजे दशरथ रंगशालामा शुरु हुनेछ ।