logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई दियो एक सय ५३ रनको लक्ष्य

    १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई दियो एक सय ५३ रनको लक्ष्य

    2.1K
    Shares
    १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई दियो एक सय ५३ रनको लक्ष्य

    काठमाडौँ । एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई एक सय ५३ रनको लक्ष्य दिएको छ । यूएईमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४७ ओभर २ बलमा एक सय ५२ रन बनाउँदा अलआउट भयो ।

    नेपालका विकेट किपर उत्तम थापा मगरले अर्धशतक बनाए । उनी ७६ बलमा ५१ रन बनाएर आउट भए । त्यस्तै दिपेश कंडेल ३१ र अर्जुन कुमाल २१ रनमा आउट भए । सुवास भण्डारी ८ रनमा अविजित रहे । त्यस्तै विपिन रावल ७ रनमा, आकाश त्रिपाठी ६ रनमा, आकाश चन्द ५ रनमा, गुलशन झा र विशाल विक्रम केसी समान एक रनमा तथा कप्तान देव खनाल १३ बलमा शून्य रनमा आउट भए ।

    पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद जिशानले ६ विकेट लिए । अमिर हसनले दुई विकेट लिए । पाकिस्तानले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ । प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा घरेलु टोली यूएई, जापान, श्रीलंका र बंगलादेश छन् ।

    नेपालले दोस्रो खेल पर्सि आइतवार अफगानिस्तानसँग र तेस्रो खेल २६ गते भारतसँग खेल्नेछ । मंसिर २९ गते सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend