काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवंं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कालो झन्डा देखाएर र हिंसात्मक आन्दोलन गरेर समस्याको समाधान नहुने बताएका छन् ।
शुक्रवार तेह्रथुमको म्याङ्लुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने,‘कालो झन्डा देखाएर, हिंसात्मक आन्दोलन गरेर समस्याको समाधान हुँदैन । लोकतान्त्रिक विधिबाट माग पुरा गर्नुपर्छ ।’
अध्यक्ष ओलीले नेकपा (एमाले) माथि जनताको भरोसा रहेको जिकिर गर्दै थप भने, ‘भावनात्मक आवेग छोड्नोस्, शान्तिपूर्ण छलफल गर्नुपर्छ ।’
यसैगरी अध्यक्ष ओलीले सल्लाको रुख काटेर बाटो रोक्ने काम बन्द गर्न सुझाव दिँदै सल्लाको रुखले अवरोध गरेर समृद्धिको यात्रामा धक्का नलाग्ने बताए ।