logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • डा. केसीको अनसन धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा

    डा. केसीको अनसन धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा

    3.8K
    Shares
    डा. केसीको अनसन धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा

    काठमाडौँ । डाक्टर गोविन्द केसीले धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन शुरु गर्नुभएको छ । गेटा अस्पतालमा अनसन बस्न लागे पनि विश्वविद्यालय स्थापनार्थ संघर्षरत स्थानीयले अवरोध गरेपछि उहाँले हिजो बेलुकीदेखि धर्मशालामा तीन दिने अनसन शुरु गर्नुभएको हो ।

    सङ्घर्षरत समूहले डा. केसीलाई विश्वविद्यालय रोकेर प्रतिष्ठान स्थापनाको माग उठाएर विश्वविद्यालय निर्माण प्रक्रियालाई बिथोल्न खोजेको आरोप लगाउँदै अवरोध गरेका हुन् । गेटा मेडिकल कलेजको सञ्चालनलगायत पहिलेका मागको कार्यान्वयनसहित डा. केसीले अनसन शुरु गर्नुभएको हो । उहाँले सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग गर्नुभएको छ ।

    यस्तै, १०० शय्याभन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङलगायत अन्य स्वास्थ्यसम्बन्धी विषयका कार्यक्रम शुरु गर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने, ऐन जारी नहुँदासम्म दलीय भागबण्डा निषेध गर्दै यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्ति गर्ने र एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने डा. केसीको माग छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend