सोमबार, चैत्र १८ २०८१

सोमबार, चैत्र १८ २०८१

अपराजित धनगढीलाई हराउँदा झापाको प्लेअफ सम्भावना कायमै

अपराजित धनगढीलाई हराउँदा झापाको प्लेअफ सम्भावना कायमै

काठमाडौँ । धनगढी एफसीलाई हराउँदै झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) मा प्लेअफ सम्भावना कायमै राखेको छ । आज बुधवार त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको खेलमा झापाले धनगढीलाई २–० गोलले हरायो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा झापाले दुवै गोल दोस्रो हाफमा गरे । झापाका कप्तान अञ्जन विष्टले खेलको ५३ र समिराज थोकरले ७७ मिनेटमा गोल गरे ।

यो जितसँगै झापा ७ खेलमा १० अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । यो हारसँगै धनगढीको अपराजित यात्रा सकिएको छ । धनगढी ७ खेलमा १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

अब धनगढीले अन्तिम खेलमा शुक्रवार शीर्ष स्थानको पोखरा थन्डर्ससँग खेल्ने छ । प्लेअफमा स्थान बनाउन धनगढीले कम्तीमा बराबरीको नतिजा निकाल्नु पर्नेछ । झापाले भने एफसी चितवनसँग खेल्ने छ । झापाले प्लेअफमा स्थान बनाउन खेल जित्नै पर्नेछ ।

यसअघि हिजो मंगलवार भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई हराउँदै पोखरा थन्डर्स नेपाल सुपर लिगको प्लेअफमा पुगेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend