logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • आइसल्याण्डको ज्वालामुखी रोकियो तर अझै खतरामुक्त नभएको बिज्ञको राय

    आइसल्याण्डको ज्वालामुखी रोकियो तर अझै खतरामुक्त नभएको बिज्ञको राय

    3K
    Shares
    आइसल्याण्डको ज्वालामुखी रोकियो तर अझै खतरामुक्त नभएको बिज्ञको राय

     रेक्याभिक, आइसल्याण्ड । दक्षिण-पश्चिम आइसल्याण्डको रेक्यानेस प्राय:द्वीपको सिलिंग्राफेल र हागाफेलको बीचमा विस्फोट भएको ज्वालामुखीबाट लाभा निस्किन बन्द भएको छ।मौसम कार्यालयको ज्वालामुखी गतिविधि विभागका प्रमुख क्रिस्टिन जोन्सडोटिरले संचार माध्यममा बताए अनुसार विष्फोट बन्द भएको देखिए पनि उक्त क्षेत्र खतरा मुक्त नरहेको र लाभा अझै जीवित नै रहेको हुँदा अझै पनि धेरै कुराहरु परिवर्तन हुन सक्ने भन्दै सम्पूर्णरुपमा बन्द भएको औपचारिक घोषणा गर्नु भन्दा पहिला उक्त क्षेत्रमा रहेको म्याग्माको दबाबको बारेमा मुल्यांकन गर्नु पर्ने जनाएकी छन् । क्रिस्टिनले यसपटकको ज्वालामुखीको गतिबिधिले आफुलाई अचम्ममा पारेको जनाइन साथै त्यति शक्तिशाली रुपमा बिस्फोट भएको ज्वालामुखी यति छिटो बन्द हुन्छ भन्ने अपेक्षा नगरेको समेत बताइन।

    स्थानीय समय अनुसार डिसम्बर १८ तारिख सोमबार साँझ करिब ९ बजेको समयमा स-साना तीव्र भूकम्पका श्रृङ्खला पश्चात राति १०:१७ बजे विष्फोट सुरु भएको थियो। पछिल्लो तीन वर्षमा चार पटकसम्म ज्वालामुखी बिष्फोट भएको छ । यसपटक बिस्फोट भएको ज्वालामुखी आइसल्याण्डको राजधानी रेक्याभिकदेखि ४० किलोमिटरको दुरीमा रहेको छ ।

    पछिल्ला २ ज्वालामुखी भन्दा यस पटकको ज्वालामुखी निकै ठूलो र शक्तिशाली रहेको छ। दक्षिण पश्चिम आइसल्याण्डको माछा मार्ने शहरको रुपमा परिचित ग्रिन्दाभिक शहर नजिक ज्वालामुखी बिष्फोट भएको हो। उक्त शहरका करिब चार हजार मानिसलाई अन्यन्त्र सारिएको छ। करिब तीन किलोमिटर क्षेत्रफलमा फैलिएको ज्वालामुखीबाट लाभासँगै धुवाँ निस्किएको छ। ज्वालामुखी बिष्फोट हुँदा ज्वालामुखीबाट निस्केको लाभाको फोहोरा २०० मिटर अग्लो देखिएको थियो। यसपटकको ज्वलामुखीबाट उत्पन्न लाभा ३.७ किलोमिटर क्षेत्रफलमा फैलिएको छ।

    गत नोभेम्बरमा अत्यधिक मात्रामा भूकम्प गएपछि ग्रिण्डाभिक शहर वरपर ज्वालामुखी बिष्फोट हुन सक्ने भन्दै उक्त क्षेत्रका चार हजार मानिसलाई अन्यन्त्र सारिएको थियो। त्यसपछि भूकम्प केही मत्थर हुँदै गएपछि उक्त क्षेत्रका बासिन्दालाई सम्भावित खतरा टर्दै गएकोले अब छिटै आफ्नो बासस्थानमा फर्किन दिने बताएको थियो तर सोमबार बेलुका १० बजेर १७ मिनेटमा बैज्ञानिकहरुलाई समेत चकित पार्दै ज्वालामुखी बिष्फोट हुन पुगेको थियो । उक्त क्षेत्रबाट नजिक रहेको आइसल्याण्डको निकै प्रख्यात जियो थर्मल पुल आइतबारबाट मात्र पुन: संचालनमा आएको थियो ।

    उक्त क्षेत्रका बासिन्दालाई सुरक्षा निकायले प्रत्येक दिन बिहान ७ बजे र बेलुका ९ बजेको बीचमा उनीहरुको आफ्नो घर फर्कन अनुमति दिएको थियो, र केही व्यवसायहरू पुन: संचालनमा आएका थिए, उनीहरूलाई रातभर बस्न वा शहर वरिपरि हिंड्न अनुमति थिएन । उक्त क्षेत्रका बासिन्दा यो हप्ता नयाँ अपडेटको पर्खाईमा रहेका थिए र उनीहरुलाई प्रहरी तथा स्थानीय अधिकारीहरुले क्रिसमसको समयमा अहिले लगाइएको निषेधाज्ञा हटाइने बताएको थियो भने आइतबार मात्र आइसल्याण्डको निकै प्रख्यात जियो थर्मल पुल ब्लु लागुनलाई समेत सुचारु गरेको थियो।

    पछिल्ला तीन वर्षमा पहिलो पटक १९ मार्च २०२१ मा रेय्क्यानेस पेनिनसुलाको फाग्रादाल्सफ्याउल स्थित बिष्फोट भएर ६ महिना सम्म सक्रिय रहेको थियो । दोश्रो २०२२ को ३ अगष्टमा बिष्फोट भएर करिव ३ हप्ता सम्म सक्रिय रहेको थियो भने यो वर्ष गत १० जुलाई २०२३ का दिन तेस्रो जवालामुखी रेक्यानेस प्रायद्वीपको लित्लिहुर्तुर स्थित बिष्फोट भएर करिब २५ दिन सक्रिय रहेको थियो। त्यसैगरी आइसल्याण्डमा यस अगाडि २०१० मा ऐयाफ्यात्लायुकुल स्थित बिष्फोट भएको ज्वालामुखीका कारण युरोपभरी करिब १ लाख उडान रद्ध भएका थिए जसका कारण लाखौं यात्रु अलपत्र परेका थिए।

    पछिल्ला ३ ज्वालामुखीले हवाई यातयातमा भने कुनै पनि प्रभाव पारेको छैन। ज्वालामुखीको अवलोकन गर्न हरेक पटक लाखौं पर्यटक यहाँ आउने गरेका छन्। यस पटकको ज्वालामुखी हेर्न सर्बसाधारणलाई अहिलेसम्म अनुमति दिइएको छैन । आइसल्याण्डमा युरेशियन र उत्तर अमेरिकाको टेक्टोनिक प्लेटहरू एक आपसमा जोडिएका र यिनै टेक्नोटिक प्लेटहरुको घर्षणका कारण भूकम्प सहित ज्वालामुखी बिष्फोट हुने गरेको वैज्ञानिकहरुको भनाई छ ।

    आइसल्याण्डको कुल जनसंख्या ३ लाख ७५ लाख रहेको छ । यहाँ करिब २०० नेपाली बसोबास गरिरहेका छन् । अहिले ज्वालामुखी बिस्फोट भएको ठाउँ नजिक रहेको ग्रिण्दाभिक् शहरमा टाइसन गुरुङ र उनको परिवार रहेको र उनीहरुलाई २ हप्ता अगाडि नै सुरक्षित ठाउँमा सारिएको गुरुङले बताए ।

    बिहिबार ग्रिन्दाभिक् शहरका बासिन्दालाई बिहान ७ बजे देखि ४ बजे सम्म आफ्नो घरमा जान दिइएको स्थानीयले जनाएका छन्। ग्रिन्दाभिकका मेयर फान्नर जोनासनका अनुसार ग्रिन्दाभिक फर्किनु भन्दा अगाडी धेरै कुराहरुको सुनिस्चितता गर्नु पर्ने बताएका छन् ज्वालामूखीका कारण घर छोड्न बाध्य बनाइएका बासिन्दाका लागि दिइएको आवास सुबिधा समेत बढाइने र उनीहरुका लागि १०० वटा अपार्टमेन्ट तयार गरिएको आइसल्याण्ड सरकारले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend