logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • चितवनसँग हारेसँगै झापाको प्लेअफ सम्भावना अन्य टोलीको नतिजामा निर्भर

    चितवनसँग हारेसँगै झापाको प्लेअफ सम्भावना अन्य टोलीको नतिजामा निर्भर

    2.4K
    Shares
    चितवनसँग हारेसँगै झापाको प्लेअफ सम्भावना अन्य टोलीको नतिजामा निर्भर

    काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले झापा एफसीलाई हराउँदै सान्त्वना जित निकालेको छ ।

    आज शुक्रवार त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको खेलमा चितवनले झापालाई २–० गोलले हरायो । चितवनको जितमा रफिक अमिनुले नै २ गोल गरे । यो हारसँगै झापाको प्लेअफ सम्भावना अन्य टोलीको नतिजामा निर्भर रहने छ ।

    यो जितसँगै चितवन ८ खेलमा ९ अंकसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । झापा ८ खेलमा १० अंकसहित तालिकाको चौथो स्थानमा छ । चितवनको प्लेअफ खेल्ने सम्भावना यसअघि नै सकिसकेको थियो ।

    भोलि शनिवार लिग चरणको अन्तिम खेलमा वीरगञ्ज युनाइटेड एफसी र एफसी बुटवल लुम्बिनी तथा काठमाडौँ रेजर्स एफसी र ललितपुर सिटी एफसीबीच खेल हुने छ । यी खेलमा वीरगञ्ज र काठमाडौँ हारेको अवस्थामा झापाको प्लेअफ खेल्ने सम्भावना रहने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend