logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • एनएसएल : बुटवलसँग हार्दै वीरगञ्ज बाहिरियो

    एनएसएल : बुटवलसँग हार्दै वीरगञ्ज बाहिरियो

    1.9K
    Shares
    एनएसएल : बुटवलसँग हार्दै वीरगञ्ज बाहिरियो

    काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी बुटवल लुम्बिनीले वीरगञ्ज युनाइटेड एफसीलाई हराएको छ ।आज शनिवार त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको खेलमा बुटवलले वीरगञ्जलाई १–० गोलले हरायो ।

    खेलको इन्ज्युरी समयमा गोल गर्दै बुटवलले सान्त्वना जित निकाल्यो । बुटवलका चन्दन दासले गोल गरे । प्लेअफमा पुग्न वीरगञ्जलाई यो खेल जित्नैपर्ने थियो तर हारेर प्रतियोगिताबाट बाहिरियो । बुटवल पनि प्लेअफमा पुग्न सकेन । यो जितसँगै बुटवलले ८ खेलमा १० अंकसहित तालिकाको पाँचौँ स्थानमा रहेर प्रतयोगिता अन्त्य गरेको छ ।

    वीरगञ्ज ८ खेलमा ८ अंकसहित सातौँ स्थानमा रह्यो । एनएसएलमा आजै बेलुका ५ बजे लिगको अन्तिम खेलमा ललितपुर सिटी एफसी र काठमाण्डौ रेजर्स एफसीबीच खेल हुँदैछ । वीरगञ्जको हारले ललितपुर ७ खेलमा १० अंकसहित प्लेअफमा पुगेको छ । काठमाण्डौ प्लेअफमा पुग्न आज ललितपुरलाई जित्नैपर्ने हुन्छ ।

    काठमाण्डौ ७ खेलमा ९ अंकसहित सातौँ स्थानमा छ ।काठमाडौँले हारेको अवस्थामा झापा एफसी प्लेअफमा पुग्नेछ । झापा ८ खेलमा १० अंकसहित चौथो स्थानमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend