सिन्ह्वा । गाजाको शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ७० पुगेको छ ।
मध्य गाजा पट्टीमा रहेको अल–मगाजी शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको जनाइएको छ ।
गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–केद्राले हवाई आक्रमणले भीडभाड भएको आवासीय क्षेत्रमा आक्रमण गर्दा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताउनुभयो ।
इजरायली सेनाले क्याम्पहरुबीचको मध्य क्षेत्रका मुख्य सडकहरुमा बमबारी गरिरहेको छ । जसले एम्बुलेन्स र नागरिक सवारीहरुलाई लक्षित स्थानहरुमा पुग्न बाधा पुर्याएको छ ।
मारिनेमा अधिकांश महिला र बालबालिका थिए र अहिले स्थानीय अस्पतालहरुलाई थप घाइतेहरुको उपचार गर्न कठिन भएको छ ।