logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगिता हुँदै

    चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगिता हुँदै

    1.6K
    Shares
    चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगिता हुँदै

    काठमाडौँ । चौथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता पुसको अन्तिम सता हुने भएको छ । नेपाल वादोरियो कराते डो संघको आयोजनामा सो प्रतियोेगिता आगामी पुसको २७ र २८ गते हुने भएको भएको हो ।

    शुक्रवार संघले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताका बारेमा जानकारी दिएको हो । संघका अध्यक्ष हरिशरण केसीले प्रतियोगितामा पुरुष तथा महिलातर्फ समान ६ विधामा प्रतिष्पर्धा हुने जानकारी दिनुभयो ।

    प्रतियोगिताका खेलहरू बसुन्धरास्थित यति पार्टी प्यालेसमा हुनेछन् ।  प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी र ६५ केजी तथा महिलामा ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, खुला तौलसमूह र एकल कातामा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा सातै प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

    एक प्रदेशबाट एक तौलसमूहमा समान ६ पुरुष तथा महिला गरी कुल १२ खेलाडी सहभागिता जनाउन पाउनेछन् । त्यसबाहेक एकजना प्रशिक्षक, एकजना व्यवस्थापक र रेफ्री रहनेछन् । प्रतियोगितामा सहभागी हुने सबै प्रदेशका खेलाडीको छनोट सम्पन्न भइसकेको आयोजकले जानकारी दिएको छ ।

    प्रतियोगितामा हरेक विधामा पदक जित्ने पुरुष÷महिला खेलाडी, बेस्ट फाइटर तथा शिर्ष तीनमा रहने टोलीलाई पुरस्कार प्रदान गरिने भएको छ । आयोजककाअनुसार प्रतियोगिता आयोजना करिब १७ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend