फागुन २० काठमाडौं – विश्वभर महामारीका रुपमा फैलीइरहेको कोरोनाभाइरसको संक्रमणबाट अमेरिकाको वासिङ्टन राज्यमा थप चार जनाको मृत्यु भएको छ। योसँगै अमेरिकाका कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ भने १८ जनामा संक्रमण भेटिएको छ । वासिङ्टनमा आपतकालको घोषणा गरिएको छ।
अमेरिकाका वासिंगटन, क्यालिफोर्निया, न्युयोर्क, ओरेगन, फ्लोरिडा, रोड आइल्यान्डलगायतका राज्यमा गरी ९९ जनामा संक्रमण देखिएको छ । अमेरिकामा यसको संक्रमण बढ्दै गएपछि अतिप्रभाविकत मुलुकको यात्रा तथा विदेशीहरुको आगमनमा प्रतिबन्ध लगाइएको छ ।
हालसम्म कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार नाघेको छ। त्यस्तै संक्रमितको संख्या ८ हजार भन्दा बढी पुगेको छ।
यता विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोना भइरसको उच्च जोखिममा रहेको चेतावनी दिएपछि चीनसँग सीमा जोडिएको रसुवा र तातोपानी नाकामा स्वास्थ्य चेकजाँचमा थप कडाइ गर्न पहल गरिएको छ भने अनावश्यक भ्रम नफैल्याउन र कोरोना भाइरस संक्रमणबाट बच्न उच्च सतर्क रहन सरकारले आग्रह गरेको छ।