logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • विवादास्पद चुनावमा विजयी बन्दै हसिनाद्वारा लगातार चौथो कार्यकाल सुनिश्चित

    विवादास्पद चुनावमा विजयी बन्दै हसिनाद्वारा लगातार चौथो कार्यकाल सुनिश्चित

    1.2K
    Shares
    विवादास्पद चुनावमा विजयी बन्दै हसिनाद्वारा लगातार चौथो कार्यकाल सुनिश्चित

    ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले विवादास्पद चुनावमा जीत हासिल गर्दै लगातार चौथो कार्यकाल सुनिश्चित गरेकी छन् ।

    आफ्नो पार्टी अवामी लिग र उनका सहयोगीहरूले ३०० संसदीय सिटमध्ये कम्तीमा १ सय ५२ सिटमा जित हासिल गरेपछि हसिनाले अर्को पाँच वर्ष कार्यभार सम्हाल्ने भएकी हुन्।

    प्रमुख विपक्षी बंगलादेश नेसनलिस्ट पार्टीले चुनाव बहिष्कार गरेपछि हसिनाको पार्टी र सहयोगीहरूले बाँकी सिटहरू पनि जित्ने अपेक्षा गरिएको छ। बिएनपीले निर्वाचन ठगी भएको आरोप लगाएको छ ।

    आइतबारको नतिजा बीएनपी नेता र समर्थकहरूको सामूहिक गिरफ्तारीपछि आएको हो। आधिकारिक तथ्याङ्कहरूले लगभग ४०५ को मतदान भएको देखाएको छ । यद्यपि आलोचकहरूले यो सङ्ख्या पनि बढाइएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् ।

    हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन् । सन् २००९ मा पुनः निर्वाचित भएकी हसिना त्यसयता लगातार सत्तामा छिन् । उनको यो कूल पाँचौँ कार्यकाल हो। एजेन्सी

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend