logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • जापानमा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या १ सय ६१ जना पुग्यो

    जापानमा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या १ सय ६१ जना पुग्यो

    2.2K
    Shares
    जापानमा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या १ सय ६१ जना पुग्यो

    एजेन्सी । जापानमा अघिल्लो सोमवार गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ६१ जना पुगेको छ ।

    इशिकावा क्षेत्रमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा भत्केका संरचनामा खोजी गर्ने क्रममा अहिलेसम्म एक सय ६१ जनाको शव भेटिएको हो । अझै एक सय तीन जना हराइरहेका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    भूकम्पका कारण सडक क्षतिग्रस्त हुँदा राहत वितरणमा समस्या भइरहेको छ । भूकम्पका कारण झन्डै एक हजार वटा पहिरो गएकोले धेरै ठाउँको सडकमा अवरोध भएको हो । पछिल्लो दुई दिनयता भूकम्प प्रभावित क्षेत्रमा हिउँ परेको छ भने केही क्षेत्रमा ठूलो वर्षा भएको छ ।

    सुजु सहरमा भत्किएको घरको भग्नावशेषमुनि ९० वर्षभन्दा बढी उमेरकी एक महिलालाई पाँच दिनपछि अस्ति शनिवार उद्धार गरिएको थियो ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend