logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • एनएमबी बैंकद्वारा भगवान कोइरालाको बाल अस्पताललाई २५ लाख सहयोग

    एनएमबी बैंकद्वारा भगवान कोइरालाको बाल अस्पताललाई २५ लाख सहयोग

    1.4K
    Shares
    एनएमबी बैंकद्वारा भगवान कोइरालाको बाल अस्पताललाई २५ लाख सहयोग

    काठमाडौँ – एनएमबी बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा नयाँ अस्पताल वार्ड निर्माण गर्नका लागि उक्त सहयोग गरेको हो ।

    एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोईरालाबीच सहमति आदनप्रदान गरिएको छ । बैँकले यस योगदानले अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल सवास्थ्य सुधार गर्ने प्रयासमा सहायता पुर्याउने विश्वास व्यक्त गरेको छ ।

    यस सहकार्यले बैंक र अस्पतालको बाल सवास्थ्य सेवा सुधार्ने संयुक्त प्रयासलाई सशक्त रुपमा दर्साउने बैँकको भनाई छ । एनएमबी बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु आयोजना गर्दै आईरहेको छ ।

    एनएमबी बैंकले हाल देशभरि २०१ शाखाहरु, १७१ एटीएमहरु र १२ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend