logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • नेपालको १९ वर्षमुनिको टोलीले अभ्यास खेलमा स्कटल्यान्डलाई फराकिलो अन्तरले हरायो

    नेपालको १९ वर्षमुनिको टोलीले अभ्यास खेलमा स्कटल्यान्डलाई फराकिलो अन्तरले हरायो

    2.9K
    Shares
    नेपालको १९ वर्षमुनिको टोलीले अभ्यास खेलमा स्कटल्यान्डलाई फराकिलो अन्तरले हरायो

    काठमाडौँ । नेपालको १९ वर्षमुनिको टोलीले अभ्यास खेलमा स्कटल्यान्डलाई फराकिलो अन्तरले हराएको छ । गुलशन झाले शतक बनाएको खेलमा नेपालले स्कटल्यान्डलाई एक सय ३५ रनले हरायो । जितका लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४३ ओभर २ बलमा एक सय ४९ रनमा अलआउट भयो ।

    नेपालका तिलकराज भण्डारीले तीन र आकाश चन्दले दुई विकेट लिए । त्यसअघि नेपाल ४९ ओभर २ बलमा दुई सय ८४ रनमा अलआउट भएको थियो । नेपालका गुलशन झाले एक सय १४ रन बनाएका थिए । टोली दक्षिण अफ्रिकामा छ । आउँदो जनवरी १९ देखि शुरु हुने १९ वर्षमुनिको विश्व कपमा नेपाल समूह ‘डी’ रहेको छ ।

    नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् । नेपालले पहिलो खेल जनवरी २१ तारिखमा न्युजिल्यान्डसँग, दोस्रो खेल जनवरी २४ मा पाकिस्तानसँग र समूहको अन्तिम खेल जनवरी २६ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।

    विश्व कप अघि नेपालले जनवरी १३ मा स्कटल्यान्ड र जनवरी १६ मा वेस्टइन्डिजसँग अभ्यास खेल खेल्नेछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend