logo

२०८१ पुष ११ बिहिबार

logo
  • बिहिबार, ११ पुष २०८१
  • कोरोनाभाइरस आतंक: ५४ हजार भन्दा बढी कैदी रिहा

    कोरोनाभाइरस आतंक: ५४ हजार भन्दा बढी कैदी रिहा

    1.4K
    Shares

    फागुन २१ काठमाडौं:- विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोनाभाइरसका कारण विश्वभर ३१ सय भन्दा बढी मानिसको ज्यान गैसकेको छ भने ९० हजार बढी संक्रमित भएका छन्।

    कोरोनाभाइरसको बढ्दो प्रभावका कारण संसारभर त्रास उत्पन्न भएको छ।

    यसैबीच धेरै चाप भएका कारागारहरूमा कोरोना भाइरसको सङ्क्रमण नफैलियोस भनेर इरानले ५४ हजार भन्दा बढी कैदीलाई तत्कालका लागि रिहा गरेको छ ।
    इरानी न्यायपालिकाका प्रवक्ता घोलाम होसिन इस्माइलीले परीक्षणबाट कोरोना नभएको पुष्टि भएकाहरुलाई केही दिनका लागि छाडिएको बताएको बीबीसीले जनाएको छ ।

    पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएका र सुरक्षासँग सम्बन्धित कैदीहरुलाई भने छाडिएको छैन । इरानमा दुई साताभन्दा कम समयमा कम्तिमा ७७ जनाको ज्यान गइसकेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend