फागुन २१ काठमाडौं:- थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी-२० क्रिकेटअन्तर्गत थाईल्याण्डले नेपालसामु ६७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिंग रोजेको थाईल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउंदै ६६ रन बनाएको हो।
थाईल्याण्डका लागि हेन्नो जोर्डनले १३ र फिरियापोङ सुहानचुवाइले १३ रन बनाए। अन्य कुनै खेलाडीले दोहोरो अंक जोड्न सकेनन।
नेपालका लागि करण केसीले तीन विकेट लिएका थिए। अविनाश बोहराले दुई विकेट लिए। सन्दीप लामिछाने र भुवन कार्कीले एक-एक विकेट लिए।
नेपालले शुक्रवार सिङ्गापुरसँग आफ्नो अन्तिम खेल खेल्नेछ। सबै सहभागी राष्ट्रले एकअर्का विरुद्ध खेलेपछि शीर्ष दुई स्थानमा रहने टोलीले अगस्टमा कुवेत र यूएईसँग खेल्नेछन्। मलेशियामा हुने सो प्रतियोगिताबाट सेप्टेम्बरमा पाकिस्तानमा हुने टी२० एशिया कप खेल्ने देश छनोट हुनेछ।