logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • मैत्रीपूर्ण फुटबलमा सञ्चारकर्मीको टोली विजयी

    मैत्रीपूर्ण फुटबलमा सञ्चारकर्मीको टोली विजयी

    1K
    Shares
    मैत्रीपूर्ण फुटबलमा सञ्चारकर्मीको टोली विजयी

    काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको २३ औँ स्थापना दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटवल खेलमा सञ्चारकर्मीको टोली विजयी भएको छ ।

    बलको प्रधान कार्यालय हलचोक परिसरमा भएको खेलमा सञ्चारकर्मीको समूहले सशस्त्र प्रहरी बललाई एकका विरुद्ध दुई गोलले पराजित गरी विजयी भएको हो । सो अवसरमा बलका महानिरीक्षक राजु अर्यालले विजयी टोलीका खेलाडीलाई मैत्रीपूर्ण खेलमा सहभागिताको प्रमाणपत्र प्रदान गर्नुभयो ।

    यसअघि नेपाली सेना र नेपाल प्रहरीसँग पनि सञ्चारकर्मीको समूहले मैत्रीपूर्ण फुटबल खेलेको थियो । सशस्त्र प्रहरीले यही माघ ९ गते विभिन्न कार्यक्रम गरी २३ औँ स्थापना दिवस मनाउँदैछ ।

    सशस्त्र प्रहरीले सीमा सुरक्षा, दंगा नियन्त्रण, दैवी प्रकोप एवम् विपद् व्यवस्थापनमा उद्धार र राहत तथा राजश्व संकलन समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । करिव ३७ हजार जनशक्ति रहेको सशस्त्र प्रहरी बलको महानिरीक्षकमा हाल अर्याल हुनुहुन्छ ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend