काठमाडौं । आइसीसी यू १९ विश्वकप क्रिकेटमा भारतले विजयी सुरुआत गरेको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा भारतले बंगलादेशलाई ८४ रनले पराजित गरेको हो ।
भारतले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ७ विकेट गुमाएर २५१ रन बनाएको थियो । जवाफमा बंगलादेशको टिम ४५.५ ओभरमा सवै विकेट गुमाएर १६७ रनमा समेटियो ।
दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा पाकिस्तानले अफगानिस्तानमाथि १८१ रनको एकतर्फी जित निकालेको हो ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर २८४ रन बनाएको थियो । जवाफमा अफगानिस्तानको टोली २६।२ ओभरमा १०३ रनमा समेटियो ।